बारामा बेवारिसे अवस्थामा एक शव फेला परेको छ। शनिबार जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा २२ स्थित त्रिभुवन राजपथको हाकिम पुल नजिकै कुहिएको अवस्थामा पुरुषको जस्तो देखिने शव फेला परेको हो।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीका अनुसार उक्त शव अन्दाजी ४०/४५ वर्षीय व्यक्तिको देखिने जानकारी दिए।
बाहिरी भाग सम्पूर्ण रुपमा सडिसकेकोले मृत्युको कारण पोष्टमार्टम पछि भन्न सकिने उनले बताए।
शवलाई पोष्टमार्टमको लागि कलैया अस्पतालमा पठाइएको डिएसपी पुरीले बताए।