मौसमी फ्लुको सङ्क्रमणबाट ३० विद्यार्थी बिरामी, विद्यालय बन्द

हिमाली गाउँपालिकामा मौसमी फ्लुको सङ्क्रमणबाट ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन्।

वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका हुन्। विद्यालयमा अध्ययन गर्ने १०० विद्यार्थीमध्ये ३० बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए।

तीन दिनदेखि विद्यालयमा सङ्क्रमण फैलिएको कारण तिन जनाको अवस्था नाजुक रहेको सागरले बताए।

'शुरुमा दुई जना मात्रै बिरामी थिए', उनले भने, 'तीन दिनमै ३० जनामा सङ्क्रमण देखियो।' एकैसाथ ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी थला परेपछि विद्यालय नै बन्द गरिएको उनले बताए।

बिरामी विद्यार्थीमा शुरुमा ज्वरो आउने र पछि वान्ता पनि सँगै हुने तथा उठ्न नसक्ने लक्षण देखिएको जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-02-02 01:54:39

प्रतिकृया दिनुहोस्