मुक्तिनाथ विकास बैंककाे वीरगन्ज शाखामा आगलागी

वीरगन्जको लिंक रोडमा रहेको मुक्तिनाथ विकास बैंककाे शाखामा आगलागी भएको छ।

वीरगञ्ज ८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा शुक्रबार राति ११ बजेतिर आगलागी भएको हो। आगलागीबाट बैंकमा रहेको फर्निचर, ईलेक्ट्रिकसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

१५ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए। अहिले घटना स्थालमा विवरण संकलन भइरहेको उनले बताए। 

बैंक भित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी लगायतका समान र कागजपत्र जलेर नष्ट भएको ब्रान्च म्यानेजर अशोक राजभन्डारीले बताए। उनका अनुसार महत्वपूर्ण कागजात र रकम भने सुरक्षित छ। 

वीरगञ्ज महानगरपालिकाको दमकलको सहयतामा, सुरक्षाकर्मी र स्थानीय मिलेर आगो समयमै नियन्त्रणमा लिएकोले थप क्षति हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रकाशित मिति: : 2020-02-01 22:54:04

प्रतिकृया दिनुहोस्