प्रदेश २ मा जन्मिने छोरीहरुलाई अब ३ लाखसम्मको बीमा !

बिमला गुप्ता

जनकपुरधाम

प्रदेश २  सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको छोरी शिक्षा विमा रकमलाई बढाएर ३ लाख पुर्‍याएको छ।

मुख्यमन्त्री लालबाबु राउतले एक पत्रकार सम्मेलनको गर्दै प्रदेशमा जन्मिने छोरीहरुलाई अब ३ लाखसम्मको बीमा हुने जानकारी दिए।

यसअघि १ लाखको मात्रै बीमा हुँदै आएकोमा मन्त्रिपरिषदको बैठकबाट यो रकमलाई बढाइएको मुख्यमन्त्री राउतले बताए। यसअघि बिमा गराई सकेका छोरीहरुको बीमा पनि ३ लाखकै हुने उनले बताए।

प्रदेश सरकारको छोरी बीमा कार्यक्रम अन्तर्गत पछिल्लो वर्ष ७ हजार ४ सय ९१ छोरीको बीमा भइसकेको छ। अहिलेसम्ममा ८ हजार १७ जनाले छोरीको बीमा गराई सकेका छन्।

वि.सं. २०७५ माघ १ गतेबाट सुरु गरिएको छोरी बीमा कार्यक्रमलाई अझै व्यवस्थित बनाउनका लागि यो निर्णय गरिएको मुख्यमन्त्री राउतको भनाई छ। 

पत्रकार सम्मेलनमा उनले भने, ‘प्रदेशमा जन्मीने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन्।’

स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले भने, हामी अहिलेलाई तीनलाख पु¥याएका छौं, स्थानीय सरकारले सहयोग गरे भने यो रकमलाई २० वर्षमा २० लाख पु¥याउने लक्ष्य लिएका छौं।’

मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफ्रहरुको योजना बताए। यस्तै उनले यसै आर्थिक वर्षदेखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत गराए।

जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी उनले गराए।

त्यस्तै सरकारले मधेश शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले मधेश आन्दोलनमा घाइते भएकाहरुको उपचार, जागिर लगायतका आवश्यक्ताहरुको परिपुर्तीका लागि आवश्यक प्रकृयाहरु अगाडी बढाउने छ ।

प्रकाशित मिति: : 2020-02-01 05:45:50

प्रतिकृया दिनुहोस्