सूचना प्रविधि विधेयक फिर्ता लिन समाजवादी विद्यार्थी युनियनकाे माग

समाजवादी विद्यार्थी युनियनले सूचना प्रविधि विधेयक फिर्ता लिन माग गरेको छ। दुई दिने केन्द्रीय समिति बैठकले संसद्मा प्रस्तुत विधेयक फिर्ता लिन माग गर्ने निर्णय गरेको हो। 

बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा गर्नुपर्ने, स्ववियु निर्वाचनको निश्पक्षताका लागि स्वतन्त्र निर्वाचन केन्द्रीय समिति गठन गर्नुपर्ने लगायत सात वटा निर्णय गरेको युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-31 06:17:08

प्रतिकृया दिनुहोस्