वीरगन्जको सान घडिअर्वा

तिवारी यादव

काठमाडौँ

देशको एक मुख्य सहर वीरगन्जको मध्यभागमा पर्छ, घडिअर्वा पोखरी । ०५२ सालमा वीरगन्ज नगरपालिकाले निर्माण गरेको यो पोखरी १३ पुस ०५६ मा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए । त्यसअघिसम्म यो खुला पोखरीका रूपमा थियो । अहिले यो धार्मिक र पर्यटकीय गन्तव्य बनेको छ । करिब पाँच बिघामा फैलिएको पोखरीको मध्यभागमा सूर्य मन्दिर छ, जहाँ दक्षिण एसियाकै ठूलो सूर्य मूर्ति छ । सोही मन्दिरमा गंगाको मूर्ति पनि स्थापना गरिएको छ । हरेक आइतबार साँझ जनकपुरको गंगासागर तथा भारतका वनारस र हरिद्वारमा जस्तै सूर्य–गंगा आरती हुन्छ । गत १ असारदेखि आरती गर्न थालिएको हो ।

प्रकाशित मिति: : 2020-01-31 05:26:19

प्रतिकृया दिनुहोस्