पैसा तिरेर रगत लिनुपर्ने बाध्यता हटाउनुपर्छ : अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिरामीले रगत लिदाँ पैसा दिनुपर्ने बाध्यता हटाउनुपर्ने बताएका छन्।

दाताले रगत दिइरहने तर पीडितले पैसा तिरेर मात्रै रगत लिनुपर्ने अन्तरविरोधको समाधान गर्नुपर्ने भन्दै पैसा दिनुपर्ने बाध्यता हटाउनुपर्ने बताएका हुन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौँमा आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा बोल्दै उनले भने, 'नेकपाको अध्यक्ष र सरकारको नेतृत्व गर्ने पार्टी नेताको हैसियतमा अन्तरविरोध समाधान गर्न म पूर्ण सहयोग गर्नेछु।'

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जीवनको आधार नै रगत भएको बताए। 'रगतलाई सर्वसुलभ र सहज कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ।'

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जीवनको आधार नै रगत भएको बताए। 'रगतलाई सर्वसुलभ र सहज कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ।' रगत र थालेसिमियाका बिरामीको सम्बन्ध नङ र मासुको जस्तै रहेको थालेसिमिया समाजका अध्यक्ष दुर्गा पाठकले उल्लेख गरे। 

प्रकाशित मिति: : 2020-01-30 05:29:15

प्रतिकृया दिनुहोस्