सरकारले युगान्तकारी काम गरिरहेको छ, प्रचार नभएको हुनसक्छ: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले युगान्तकारी काम गरिरहेको बताएका छन्। सरकारले केही पनि काम गरेन भनेर गरिएको प्रचारबाजीलाई लक्षित गर्दै उनले यस्तो दाबी गरेका हुन्।

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘केही पनि काम भएन भनिन्छ। त्यस्तो होइन। सरकारले युगान्तकारी काम गरिरहेको छ। प्रचार नभएको हुनसक्छ।’

आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको उनले बताए। आर्थिक वृद्धिदर यो वर्ष ६.५ प्रतिशत माथि रहेको तथा धानदेखि गहुँको उत्पादन समेत बढेको प्रधानमन्त्री ओलीले सुनाए।

उनले वर्षमा १० किलोमिटर मात्र सडक कालोपत्र हुने गरेको विगत रहेको भन्दै उनले भने, ‘अहिले दैनिक ५.७ किलोमिटर सडक कालोपत्रे हुन्छ।’

प्रकाशित मिति: : 2020-01-30 01:40:58

प्रतिकृया दिनुहोस्