सांसद भएपछि बढ्यो अछामका यज्ञबहादुरको ऋण, काठमाडौं बसाईबारे भन्छन्, 'घरबेटीको किचकिचै बढी'

तस्बिर : पहिलोपोष्ट

'माननीय यज्ञबहादुर बोगटी। समय ५ मिनेट।' तत्कालिन उपसभामुख शिवमाया तुङ्बाहाम्फेको आवाज सुनियो प्रतिनिधि सभाको हल, नयाँ बानेश्वरमा। आवाज सुन्नसाथ हातखुट्टा थरर काप्यो यज्ञबहादुरको। मन धुकचुक। बोल्न सकिन्छ कि सकिँदैन भन्ने भयो। पहिलो पटक समय लिएको। बेलाबेला 'लिस्टबाट नाम हटाउन लगाउँ कि' भन्ने पनि भयो। भाषण त गरेकै हो नि। जनताका गुनासो जसरी भए पनि राख्नुपर्छ - अनि मन बलियो बनाए उनले।

त्यसपछि उक्ले रोस्ट्रममा। अनि, पहिलोपटक संसद बैठकमा जिल्लाका जनताको माग सुनाए। बजेटमा भेदभाव गरेको विषय जोडे। ठुलठुला नेताका पछाडिमात्रै बजेट दौडिएको दुखेसो पोखे। भाषण नसकिँदै उनको माइक काटियो। तर, पनि बोल्न छाडेनन्। 'पहिलोपटक भएर होला। डराइडराइ गरेको भाषण, पहिले त हातखुट्टा नै काँपे नि। तर, बोल्न थालेपछि त डरै लागेन,' संसदमा आफ्नो पहिलो दिनलाई सम्झिरहेका छन् सिहंदरबारभित्रको नेकपा संसदीय दलको कार्यालयमा।

 

प्रकाशित मिति: : 2020-01-30 00:17:09

प्रतिकृया दिनुहोस्