गाईगोरुको तस्करी रोक्न माग गर्दै वीरगन्जमा विरोध प्रदर्शन

नेपाल हिन्दु परिषद पर्सा, संगठनले नेपालबाट हुने गाईगोरुको तस्करी रोक्न माग गर्दै वीरगन्जमा विरोध प्रदर्शन गरेको छ।  खुला सिमानाको कारण  नेपालबाट भारतको बाटो हुँदै बंगलादेश, पाकिस्तानसम्म हुने गरेको तस्करी रोक्न माग गर्दै मंगलबार विरोध जुलुश प्रदर्शन गरेको हो। 

नेपालमा गाईगोरुको तस्करी गर्न नपाइने संवैधानिक व्यवस्था रहेतापनि प्रहरी प्रशासनको मिलोमतोमा तस्करी बढेपछि तस्करी रोक्न विरोध प्रदर्शन गरेको परिषदले जनाएको छ। 

वीरगन्जको घण्टाघरबाट निस्केको बिरोध जुलुश वीरगन्ज महानगरको परिक्रमा गरी पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै परिषदका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बारा र पर्साका सुरक्षा निकायको मिलोमतोमा तस्करी हुने गरेको आरोप लगाए । 

तस्करी सुरक्षा निकायले नरोके शसक्त आन्दोलन गर्ने अध्यक्ष पटेलले चेतावनी दिए । कोणसभामा धर्मेन्द्र पटेल, पुरुषोतम दुबे लगायतकाले तस्करी तत्काल रोक्न माग गरेका थिए।

प्रकाशित मिति: : 2020-01-29 10:23:46

प्रतिकृया दिनुहोस्