पर्यटन बोर्डको सीईओमा धनन्जय रेग्मी

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) मा धनन्जय रेग्मी नियुक्त भएका छन्।  पर्यटन बोर्डमा मंगलबार बसेको सञ्चालक समितिको बैठकले  रेग्मीलाई सीईओमामा नियुक्त गरेको हो। उनले ४ वर्ष पर्यटन बोर्डको नेतृत्व गर्नेछन्।

रेग्मी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै सीईओ बनेका हुन्। पर्यटन बोर्डले गत मंसिर १८ मा सीईओको लागी आवेदन माग गरेको थियो। जसमा १७ जनाको आवेदन परेको थियो।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो।

प्रकाशित मिति: : 2020-01-29 09:58:34

प्रतिकृया दिनुहोस्