लागुऔषधसहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास-१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरी रहेका छन्।
पैदल हिँडिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक गर्ने क्रममा उनले लगाएको ज्याकेटको गोजीबाट एक सय ४४ ट्याब्लेट स्पास्मो प्रोक्सिभन नामक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कारागार सुरक्षा गार्ड झापामा दरबन्दी भएका प्रहरी जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत छन् ।