अमेरिकामा बेपत्ता भएकी कमरेड दर्शनालाई आखिर कुन रोग लागेको छ? 

उनको अमेरिका पलायनको विषयमा तीन महिनापछि ‘बिएल नेपाली सेवा’ले खोजीनीति गरेपछि उनी सार्वजनिक भएकी हुन्। यसअघि उनलाई म्यासेज गर्दा पनि कुनै जवाफ आएको थिएन। 

अमेरिकामा एक साताको कार्यक्रममा भाग लिन गएर उत्तै बेपत्ता भएकी तिलागुफा नगरपालिकाकी उपमेयर कमरेड दर्शनाले तीन महिनापछि आफू अमेरिका बस्नु पर्ने कारण खुलाएकी छिन्। 

उनको अमेरिका पलायनको विषयमा तीन महिनापछि ‘बिएल नेपाली सेवा’ले खोजीनीति गरेपछि उनी सार्वजनिक भएकी हुन्। यसअघि उनलाई म्यासेज गर्दा पनि कुनै जवाफ आएको थिएन। 

बिएल नेपाली सेवाले ‘अमेरिकामा लुकेको भनिएकी 'कमरेड दर्शना' लाई २०१७ मै डिभी परेको थियो’  भन्ने शिर्षकमा समाचार लेखेपछि कमरेड दर्शनाले आइतबार आफ्नो सोशल मिडियामा १० बुँदे स्पष्टीकरण दिएकी थिइन। र, उनले आफू बिरामी भएका कारण अमेरिका बस्नु परेको बताएकी थिइन। 

उनले १० बुँदे स्पष्टीकरणमा आफू राम्रोसँग बोल्न नसक्ने र पूर्णरुपमा निको हुन ५ महिना लाग्ने बताएकी छिन्। आखिर उनलाई त्यस्तो के राेग लागेकाे छ, जसका कारण उनी बोल्न पनि नसक्ने भएकी छिन्? यसको जानकारी उनले १० बुँदे स्पष्टीकरणमा बताएकी छैनन्। 

तर बिएल नेपाली सेवालाई प्राप्त जानकारी अनुसार उनको ढाडको नसा च्याम्पिएको छ। कमरेड दर्शनासँग बिएल नेपाली सेवाले उनकाे फेसबुक म्यासेन्जरमा पटकपटक कुरा गर्न खाेजेकाे थियाे। लामाे समयपछि सम्पर्कमा आएकी उनको साथीको बहिनी बताउने एक महिलाले कमरेड दर्शनाकाे ढाडको नसा च्यापिएको बताएकी छिन्। 

उनले १० बुँदे स्पष्टीकरणमा आफू बिरामी भएको खबर दुई जनालाई थाहा भएको बताएकी थिइन। जसमा उनले वडा अध्यक्ष खड्गराज शाहीलाई जानकारी गराएको बताएकी छिन्। वडा अध्यक्ष शाहीले बिएल नेपाली सेवासँग भने, ‘अक्टुबरको अन्तिमतिर कम्भरको नसा च्यापिएको बताउनु भएको थियो। पछि म्यासेज गर्दा फोन नै उठेन। अहिले पनि कुरा गर्न खोज्दा रिप्लाई आउँदैन।’ 

कमरेड दर्शना १७ अक्टोबर २०१९ मा एक साताका लागि अमेरिकाको न्युयोर्क भ्रमणमा गएकी थिइन। उनको भ्रमण नेपाल नगरपालिका संघले तय गरेको थियो। 

तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर शाही अमेरिकामा एक साताको कार्याक्रम सकिसक्दा पनि कमरेड दर्शना नफर्किएको देखेपछि केही साथिले बिरामी भएको जानकारी आफूलाई दिएको बताउँछन्। ‘यसलाई हामीले सामान्य रुपमा लियाैं। उपचार भएपछि आउनु होला भन्ने लागेर,’ मेयर शाहीले बताए। 

कमरेड दर्शनाले हालसम्म आफू अमेरिकाको कुन ठाउँमा बसिरहेको खुलाएकी छैनन्। उनले अमेरिकाको कुन अस्पतालमा उपचार गराइरहेको र ढाडको नसा च्यापिए पनि कुन प्रकृतिको हो, त्यसको पनि चित्त बुझदो उतर दिएकी छैनन्। उनले भारतीय चिकित्सक डा. अञ्जीर कुमारले उपचार गरेको मात्र बताएकी छिन्। 

प्रकाशित मिति: : 2020-01-27 19:55:05

प्रतिकृया दिनुहोस्