पहिले म्याराडोना अहिले सलाह

तस्बिर : नयाँ पत्रिका

फुटबल खुब मन पर्छ । पहिले धेरै खेल्थेँ । स्कुल–कलेज पढ्दाखेरि साथीहरूसँग बढी नै खेलिन्थ्यो । पछिल्लो समयमा फुटसल खेलेँ । तर, एकपटक खेल्दै गर्दा खुट्टा मर्कियो । एकपटक मर्किसकेपछि खुट्टा अलि कमजोर हुँदोरहेछ । उमेर ढल्किँदै गएपछि चाँडै ठीक नहुँदोरहेछ । जसका कारण खेल्न अलिक कम गरेको छु ।

विश्वकप, युरोकप र इंग्लिस प्रिमियर लिगका प्रायः सबै खेल हेर्ने गर्छु । मलाई सर्वकालीन मन पर्ने खेलाडी डिएगो म्याराडोना हुन् । अहिलेका खेलाडीमा लिभरपुलका मोहम्मद सलाह मन पर्छ । यद्यपि, म्याराडोनाजत्तिको ट्यालेन्टेड खेलाडी अरू कोही छैन भन्ने लाग्छ । उनी नम्बर वान खेलाडी हुन्, जसले सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप अर्जेन्टिनालाई जिताएका थिए । १९९० मा इटालीमा भएको विश्वकपमा पनि आफ्नो देशलाई फाइनलमा पुर्‍याए । 

प्रकाशित मिति: : 2020-01-27 05:58:50

प्रतिकृया दिनुहोस्