हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
शनिबार साँझ करिब ७ बजे प्रहरीले रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
मकवानपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्।
एम्बुलेन्स रोकेर हेर्दा ३ वटा झोला भित्र ६ वटा पोकाहरूमा ३० किलो ६०० ग्राम लागूऔषध गाँजा र नेपाली रूपैयाँ रू. ९१,००० फेला परेकाे हाे।
एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ। एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।