सभामुखका उम्मेदवार सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

सभामुखका एकल उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्च अदालतका परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको मुद्दा उनले हेर्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको हो। 

नेता सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश फुँयालको एकल इजलासमा परेको थियो। रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन्।

सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा हेर्न नमिलेको हो। 

सर्वोच्चका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन। दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए।

प्रकाशित मिति: : 2020-01-27 00:30:57

प्रतिकृया दिनुहोस्