३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका-१ खोपरी बस्ने २४ वर्षीय विक्रम थारु रहेका छन्।
थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई शुक्रबार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।