काँग्रेसमा हाम्रो भन्ने भावना हुनु आवश्यक : केन्द्रीय सदस्य कोइराला

'पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्छ', उनले भनिन्

फाइल तस्बिर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीमा हाम्रो भन्ने भावना हुनुपर्ने बताएकी छिन्।

मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको बताएकी हुन्।

'पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्छ', उनले भनिन्, 'पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्छ।' पार्टी सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने उनको भनाई छ।

पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने बताउदैं उनले भनिन्, 'नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्छ।' सबैलाई मिलाएर अघि बढाउने क्षमता कोइराला परिवारमा अझै पनि रहेको नेत्री कोइरालाको दाबी छ।

'नेतृत्वमा मेरो कुनै दाबी छैन्' उनले भनिन्। काँग्रेस रहे मात्रै हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई सुझाव दिदैं बहुचर्चित एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी उनले दिइन्। 'काँग्रेस रहे मात्रै हामी सबै रहन्छौं' उनले भनिन्।

 

प्रकाशित मिति: : 2020-01-26 05:41:27

प्रतिकृया दिनुहोस्