गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारी रहेका छन्।
शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
सदुलको घरबाट गाईको टाउको, खुकुरी र अचानोसहित दुवै जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ।