पोल्याण्ड पठाइदिने भन्दै ६८ लाख ठगी, एक जना पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ६८ लाखभन्दा बढी रकम लिएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

ठगी गरेको सम्बन्धमा परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१२ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने ३८ वर्षीय गुनराज लामा छन्।

प्रहरीका अनुसार लामाले काठमाडौं बस्दै आएका रामकृष्ण खड्कासहितका ९ जना व्यक्तिलाई रोगजारीका लागि पठाइदिने भन्दै ६८ लाख १७ हजार रुपैयाँ उठाएका थिए।

तर, उनीहरुलाई नेपालबाट युएईको दुबई हुँदै अजरबैजान पु¥याएर अलपत्र पारिएको थियो।


 

प्रकाशित मिति: : 2020-01-25 11:05:33

प्रतिकृया दिनुहोस्