सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार

बिएल संवाददाता

वीरेन्द्रनगर

कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका–७ की २० बर्षिया शान्तीकुमारी बुढाको स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ। 

बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी बुढाको स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नकसेपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो।

स्वास्थ चौकी माल्कोटमा अनमि रहेकी बुढाको जिल्लामा उपचार हुन नसकेपछि थप उपचार सुर्खेतमा लगिएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए। ‘जिल्लामा सुत्केरी गराउन असंम्भव भएपछि सुर्खेतमा लगिएको छ।’ उनले भने,‘सरकारी तवरबाट नै पहल भएर हेलिकप्टरमार्फत उद्दार गरिएको हो।’
 

प्रकाशित मिति: : 2020-01-25 06:07:06

प्रतिकृया दिनुहोस्