सोमबार, १५ डिसेम्बर २०२५

अमेरिका पुगेकी उपमेयर नेपाली उतै लुकिन् कि थलिइन्?

दिपकजंग शाही र सुजना ढकाल

दिपकजंग शाही र सुजना ढकाल

सुर्खेत/काठमाडाै‌ं
News Image
• • •

कालिकोटको तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीलाई उपमेयर दन्ता नेपाली अमेरिका गएको थाहा थियो। तर, उनी अमेरिकामा के गरिरहेकी छन् र कहिले फर्किन्छन् पत्तो थिएन।

हुन पनि पछिल्लो तीन महिनादेखि दन्ता नगरपालिकाको आफ्नो कार्यकक्षमा भेटिन्थिनन्।

नेपालीले शाहीसँग नगरपालिका संघले आफूलाई एउटा गोष्ठीका लागि अमेरिका पठाउन लागेको भनेकी थिइन्। उनको विदेश भ्रमणबारे नगरपालिकाले औपचारिक निर्णय गरेको थिएन।

चार दिने गोष्ठीका लागि गएकी नेपाली तीन महिना बित्दा पनि अमेरिका बसेकोबारे कसैले खासै चासो राखेका थिएनन्।

बिहीबार बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय सभा सदस्यका लागि भएको मतदानमा नेपाली भोट खसाल्न नआएपछि दन्ताबारे खोजीनिती सुरू भयो।

उनी अमेरिकामै लुकेका समाचारहरू आए। तर, नगरपालिकाका अरू जनप्रतिनिधि र परिवारसँग भने उनले आफू बिरामी परेको बताएकी थिइन्। एक सातादेखि भने उनीसँग कसैको पनि सम्पर्क भएको छैन।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!