आजको मौसम: केही स्थानमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो

जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली सक्रिय नभएको जनाएको छ।

शुक्रबार बिहान मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले शुक्रबार विहान पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको र अन्य स्थानमा सामान्य रहेको जनाएको छ।

तराईका अधिकांश भू-भागमा  हुस्सु/कुहिरो रहने र ती स्थानहरुमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु महाशाखाले अनुराेध गरेकाे छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  

माघ १० गते (शुक्रबार)
दिउँसो : देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः  देशको पुर्वी पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११  गते (शनिबार)
दिउँसो : देशका अधिकांस स्थानमा  आंशिक बदली  रहनेछ।
रातीः  देशको  पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।

माघ १२ गते (आइतबार)
दिउँसो : देशको  मध्य र पुर्वि भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।
रातीः  देशको  मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।


 

प्रकाशित मिति: : 2020-01-24 20:20:18

प्रतिकृया दिनुहोस्