प्रचण्डलाई बाबुरामको कटाक्ष्य: ‘आफैं त महादेव उत्तानो टाङ, कसलाई दिने वर?’

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामै आउन गरेको आग्रहलाई समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले इन्कार गरेका छन्।

बुधबार समाजवादीका केन्द्रीय सदस्य रामप्रसाद रिजाललाई पार्टी प्रवेश गराउँदै दाहालले बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई स–साना चुल्होचौकामा बसेर झमेला गरिरहनुभन्दा नेकपामै आउन आग्रह गरेका थिए।

बिहीबार भट्टराईले प्रचण्डलाई जवाफ फर्काउँदै  दाहाल केपी शर्मा ओलीको पिंजडामा फसेको बताए। 

‘पञ्चतन्त्रको कंकड लुब्ध पान्थ कथामा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बटुवालाई शिकार गरेझैं आफै खड्गप्रसादको पिंजडामा फसेर छटपटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘आफैं त महादेव उत्तानो टाङ, कसलाई दिने वर?’

प्रकाशित मिति: : 2020-01-24 05:10:22

प्रतिकृया दिनुहोस्