चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव फेला

बिएल संवाददाता

काठमाडाै‌ं

चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ। आन्दाजी ६/७ महिनाको शिशुको शव सालनालसहित खोला किनारमा भेटिएको हो।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको छ।

‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ’, बोगटीले भने, ‘शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी छ।’

अहिले शिशुको शव त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको छ।

प्रकाशित मिति: : 2020-01-24 02:36:20

प्रतिकृया दिनुहोस्