सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सल्यानका तत्कालीन सबइञ्जिनियर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारलाई गैरकानुनी रुपमा हानि पुर्याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनियर थमन योगी, असिस्टेन्ट सवइञ्जिनियर तोरणबहादुर विष्टलाई ७७ हजार ७७५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ।
आयोगले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक तथा सचिव अनिता विकविरुद्ध समेत समान बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।