सोमबार, १५ डिसेम्बर २०२५

वीरगञ्ज बसपार्कका विभिन्न होटलमा प्रहरीको छापा, १५ महिलासहित १९ जना पक्राउ

News Image
• • •

पर्सा प्रहरीले वीरगञ्जका विभिन्न होटलमा छापा मारेको छ। सो क्रममा प्रहरीले अनैतिक काममा संलग्न रहेको अशंकामा १५ महिला र ४ पुरुष सहित १९ जनालाई पक्राउ परेका छन्।

स्थानीयको गुनासोपछि वीरगञ्जको नयाँ बासपार्कदेखि प्रतिमा चोकसम्मका विभिन्न होटल तथा नास्ता पसलमा प्रहरीले छापा मारेको हो।  वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए।

पक्राउ परेकाहरु विरुद्ध थप अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक साहले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!