आजको मौसमः पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव, तराईमा हुस्सु र कुहिरो

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।देशको पूर्वी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईका भू–भागहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्न सर्वसाधारणहरुलाई  महाशाखाले अनुरोध गरेकाे छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ६ गते (सोमबार) 

दिउँसो : पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः  देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ७ गते (मंगलबार) 

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ८ गते (बुधबार) 

दिउँसो :  पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः  पूर्वी नेपालमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2020-01-20 20:38:50

प्रतिकृया दिनुहोस्