लिभरपुलको अपराजित यात्रा कायमै, भान डाइक र सलाहले खेले निर्णयाक भूमिका

इंग्लिस  प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ।

घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हाे।

 लिभरपुललाई जित दिलाउन भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरे।

खेलको १४ औं मिनेटमा भान डाइकले हेडबाट गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। 

त्यसपछि खेलको इन्जुरी समयमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए।

जितसँगै लिभरपुलले लिगमा १६ अंकको अग्रता समेत बनाएको छ।

लिभरपुलले २२ खेलमा ६४ अंक जोडेको छ ।दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४८ अंक रहेको छ।

पराजित भएको युनाइटेडको ३४ अंक रहेको छ ।युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-20 13:15:32

प्रतिकृया दिनुहोस्