विज्ञप्तिमा गल्ती: शीतल निवासको चर्चा सेलाउन नपाउँदै सामाजिक सञ्जालमा पर्यटन विभागको चर्चा शुरु

राष्ट्रपति कार्यालय शीतल निवासको सचिवालयले निकालेको विज्ञप्तिको चर्चा सेलाउन नपाउँदै अर्को विज्ञप्ति चर्चामा आएको छ । दुई दिनअघि मात्रै राष्ट्रपति कार्यालयको सचिवालयले ‘मिति २०७६ माघ १० गते’ लेखेर जारी गरेको विज्ञप्तिले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

सामाजिक सञ्जालमा विरोध भएपछि ‘राष्ट्रपति कार्यालयले मिति सच्याएर अर्को विज्ञप्ति सार्वजनिक गरेको थियो ।

यस्तै गल्ति पर्यटन विभागले आइतबार निकालेको विज्ञप्तिमा पनि भेटिएको छ। २०७६ माघ  ५ गते हुनु पर्ने विज्ञप्तिमा १० गते शुक्रबारका दिन अन्नपूर्ण क्षेत्रमा हिउँ पहिरोमा परेर पदयात्री फसिरहेको र उनीहरुको उद्दार भइरहेको ब्यहोरा उल्लेख गरेको छ ।

३ गते शुक्रबार भन्नुपर्नेमा १० गते भएपछि अहिले विभागले निकालेको विज्ञप्ति सामाजिक सञ्चालमा चर्चामा रहेको छ ।

कतिपयले हिमपहिरोमा पदयात्री हराइरहेको र उनीहरुको उद्दारमा संवेदनशील बन्नु पर्ने विभागले तिथिमिति नै गलत गरी विज्ञप्ति जारी गर्नुले संवेदनहीन बनेको देखिएको प्रतिकृया दिएका छन् ।

हिमपहिरोमा दुई सयभन्दा बढीको उद्दार गरिएको भए पनि केही कोरियन पदयात्रीहरु तथा उनीहरुसँगै रहेका पथ प्रदर्शकहरु अझै हराईरहेका छन्।

शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि एबिसीको पदमार्गमा चार जना नेपाली गाईड, पाचँ  जना कोरियन पर्यटक गरी ९ जना सम्पर्क विहिन भएका थिए।

छोम्रोङ पर्यटन व्यवस्थापन समिति र वडा कार्यालयको आग्रहमा स्थानीय १२ जनाको टोली देउरालीमा बसेको थियो। तर, निरन्तर हिउँपहिरो झरेका कारण अहिले उद्धारको काम गर्न नसक्ने भन्दै फिर्ता बोलाइएको अन्नपूर्ण गाउँपालिका–११ नम्बर वडाका अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।

हिमपातका कारण छोम्रोङभन्दा माथि पर्यटकलाई प्रवेश रोक्ने निर्णय शनिबार भएको छ। त्यस क्षेत्रका होटलमा काम गर्ने कामदार र अन्य व्यक्तिलाई पनि होटल बन्द गरेर छोम्रोङ झारिएको छ।

लगातार हिमपातका कारण सञ्चारसम्पर्क नभएकोले पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको कास्कीका डिएसपी तथा प्रवक्ता राजकुमार केसीले बताए।

प्रकाशित मिति: : 2020-01-20 12:15:49

प्रतिकृया दिनुहोस्