प्रदेश १ मा चार राज्यमन्त्री नियुक्त

प्रदेश १ मा रहेका सात मन्त्रालय मध्ये भौतिक योजना तथा पुर्वाधार विकास र भूमी, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आएका छन् । चार जना राज्यमन्त्री थपिएसँगै गठन भएको दुई वर्षपछि पहिलो पटक १ सरकार विस्तार भएको छ ।

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आइतबार प्रदेश सरकारमा चार जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको राधा १६८ को उपधारा ९ बमोजिम सिफारिस गरेपछि प्यासीले राज्यमन्त्री नियुक्त गरेका हुन् ।

इलामका रामबहादुर राना मगरलाई  भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री र मोरङका विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ ।

प्रदेश १ मा रहेका सात मन्त्रालय मध्ये भौतिक योजना तथा पुर्वाधार विकास र भूमी, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आएका छन् । चार जना राज्यमन्त्री थपिएसँगै गठन भएको दुई वर्षपछि पहिलो पटक १ सरकार विस्तार भएको छ ।

दुई वर्षसम्म मन्त्री नियुक्त नभएका दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्त गरिएको हो । प्रदेशमा अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, समाजिक विकास मन्त्रीमा जीवन घिमिरे, उद्योग वन मन्त्रीमा जगदिश कुसियत र आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङबो छन् ।  

प्रकाशित मिति: : 2020-01-20 06:59:29

प्रतिकृया दिनुहोस्