पहिरोका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा

अवरुद्ध बनेको राजमार्गको पहिरो सफा गरेर यातायात सञ्चालन

सांकेतिक तस्बिर

आइतबार बिहानदेखि अमरगढी नगरपालिका–६ को भालुमारेमा पहिरोका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्काभेटरको सहायतामा सडक सञ्चालनमा आएको हो। अवरुद्ध बनेको राजमार्गको पहिरो सफा गरेर यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

यातायात सञ्चालनपछि बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी साधन गन्तव्यतर्फ लागेका छन्। बिहानदेखि नै पहिराका कारण दशरथचन्द राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो। 

प्रकाशित मिति: : 2020-01-20 05:35:33

प्रतिकृया दिनुहोस्