मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रको अग्रणी भूमिका : पर्यटनमन्त्री भट्टराई

एकापसमा जोडेर ‘बुद्धपथ’

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन्।

आइतबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराई मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटलगायत बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्ने बताएका हुन्।

विगतमा लुम्बिनी क्षेत्रको विकास जुन गतिमा हुनु पर्थ्यो  सो हुनु नसकेको बताउदैं उनले भने, 'नयाँ योजना बनाएर पूर्वाधार विकासका लागि लगानीलाई आकर्षित गर्न सकिन्छ।' 

प्रादेशिक र स्थानीय तहका सरकारले पनि उक्त क्षेत्रका ऐतिहासिक पक्ष, सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने उनको भनाई छ। कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले त्यस क्षेत्रको विकासका लागि अहिलेसम्म भइरहेका प्रयासको जानकारी गराए।

'पर्यटकलाई आकर्षित गराउन थप सुविधा उपलब्ध गराउनुपर्छ', उनले भने, 'नयाँ योजनाको खाँचो छ।'

सो क्षेत्रमा बसोबास गर्ने विभिन्न धार्मिक समुदायका सांस्कृतिक गतिविधि तथा स्थानीय पहिचानलाई पनि कायम गर्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भनाई छ।

 

 

 

प्रकाशित मिति: : 2020-01-20 04:48:18

प्रतिकृया दिनुहोस्