उपसभामुख तुम्वाहाङ्फे बालुवाटार प्रस्थान, सभामुख सापकोटालाई दिने सहमति

बिएल संवाददाता

काठमाडाै‌ं

 उपसभामुख शिवामाय तुम्वाहाङ्फेलाई नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि तुम्बाहाङ्फे केहीबेर अघि सिंहदरवारबाट बालुवाटारतर्फ प्रस्थान गरेकी छन्।आइतबार नेकपाका दुई अध्यक्षबीच सभामुखमा नेकपाका अग्नि सापकोटाले उम्मेदवारी दिनेमा सहमति भएको छ।

बालुवाटारमा तुम्बहाङ्फेले आफ्नो राजीनामाबारे प्रधानमन्त्रीसँग छलफल र आफूले राजीनामा दिएपछि संसद सञ्चालनबारे कुराकानी गर्ने स्रोतले बताएको छ।  

यसअघि नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरेपनि उम्मेदवारबारे टुङ्गो लाग्न ढिलाइ हुँदा र उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा दिन ढिलाइ गर्दै आएकी थिइन्।  
 

प्रकाशित मिति: : 2020-01-20 04:33:26

प्रतिकृया दिनुहोस्