किन मुटु दुख्यो कमरान अकमलको?

अकमल हाल ३८ वर्षमा छन्। उनले सोसल मिडिया ट्वीटरबाट आफ्नो निरासा व्यक्त गरे, ‘मैले साच्चै नै टिममा फर्किन धेरै मिहिनेत गरेको थिए। टिममा मलाई नसम्झिँदा मेरो चित्त दुखाई छ।’

पाकिस्तानका पूर्व विकेटकिपर ब्याट्सम्यान कमरान अकमलले बंगलादेशविरूद्ध आगामी टि–२० शृंखलाका लागि टिमबाट आफ्नो नाम हटाएपछि आफ्नो मुटु चुडिएको बताएका छन्।

राष्ट्रिय टोलीमा आफ्नो नाम छनोट नभएको विषयमा चित्त दुखाउँदै शुक्रबार उनले भने, ‘मेरो मन दुखेको छ। मुटु च्यातिएझैं भएको छ।’

पाकिस्तानी टिमका मुख्य प्रशिक्षक तथा छनोटकर्ता मिसबाह–उल–हकले मोहम्मद रिजवानलाई नै मौका दिने निर्णय गरेपछि अकमलको नाम काटिएको हो। रिजवानलाई मौका दिँदा पूर्व कप्तान सरफराज अहमद पनि ओझलमा परेका छन्।

अकमल हाल ३८ वर्षमा छन्। उनले सोसल मिडिया ट्वीटरबाट आफ्नो निरासा व्यक्त गरे, ‘मैले साच्चै नै टिममा फर्किन धेरै मिहिनेत गरेको थिए। टिममा मलाई नसम्झिँदा मेरो चित्त दुखाई छ।’

अकमल यस वर्षको घरेलु सिजनअन्तर्गत कायदे आजम ट्रफीमा दोस्रो सर्वाधिक रनकर्ता हुन्। उनले ६० दशमलव ४० को औसतले ९ सय ६ रन बनाएका छन्। अक्टुबरमा भएको राष्ट्रिय टि–२० को ४ खेलमा उनले ३० रन मात्र बनाएका थिए। एउटा खेलमा २६ रन बनाएका उनी बाँकीको ३ खेलमा ४ रन मात्र बनाएर आउट भए।

यसैले उनको नाम काटिएको बताइएको छ।
 

प्रकाशित मिति: : 2020-01-19 05:31:03

प्रतिकृया दिनुहोस्