दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा हिमपात (फोटोफिचर)

दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक र त्यस वरिपरि भीषण हिमपात भएको छ। शुक्रबार बिहानदेखि चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो छ। 

अहिले हिउँ खेल्ने पर्यटकहरुले कालिञ्चोको कुरी बजार र दोलखा सदरमुकाम चरिकोटका होटलहरु भरिएका छन्। कुरीबाट कालिञ्चोक मन्दिर पैदल र केबुलकारमा जान सकिन्छ। काठमाडौंबाट १ सय ३३ किमि दूरी रहेको कालिञ्चोक आफ्नै सवारी भए सहज हुन्छ । बुकिङ गरेको र वा आफ्नै निजी सवारीसाधनमा ६ देखि ८ घण्टामै पुग्न सकिन्छ।

तर सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा भने कठिनाइ हुनेछ। 

हेर्नुहाेस् तस्बिरमा :

प्रकाशित मिति: : 2020-01-18 20:22:53

प्रतिकृया दिनुहोस्