डिफेन्डर ह्यारी मग्वाएर युनाइटेडका नयाँ कप्तान

म्यानचेस्टर युनाइटेडले डिफेन्डर ह्यारी मग्वाएरलाई कप्तान नियुक्त गरेको छ। युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले टिमको कप्तानी मग्वाएरले गर्ने पुष्टि गरेका छन् ।

नियमित कप्तान एस्ले योङले ८ वर्षपछि कल्व छाडेसँगै युनाइटेडले मग्वाएरलाई नयाँ कप्तान चयन गरेको हो। गत अगष्टमा मात्र रोमेलु लुकाकुलाई मिलान पठाएको युनाइटेडले योङलाई साढे १ मिलियन युरोमा पठाउनले सहमति गरेको छ।

उनले यस सिजन क्लबको कप्तान सहित युनाईटेडका लागि २ सय ६१ म्याच खेले। उनले यस सिजनमात्र १० लिग खेल खेलेका थिए। साथै २०१५–१६ को एफ ए कप, लिग कप र युरोपा कपको उपाधि हात पार्दा उनी टिमका सदस्य थिए।

एन्टोनियो भ्यालेन्सियाले क्लब छाडेपछि योङले युनाइटेडको कप्तानी गर्दै आएका थिए ।

युनाइटेडले कीर्तिमानी मूल्यमा डिफेण्डर मग्वायरलाई लिसेस्टरबाट करिव छ महिना अघि मात्रै अनुबन्ध गरेको थियो।

युनाइटेडले मग्वायरका लागि ८० मिलियन पाउण्ड तिरेको हो । यो कुनै पनि डिफेण्डरका लागि खर्चिएको कीर्तिमानी मुल्य हो।

यसअघि कीर्तिमानी डिफेन्डरको रुपमा लिभरपुलले साउथहाम्पटन बाट डिफेन्डर भर्जिल भान डाइकलाई ७५ मिलियन पाउन्डमा क्लब भित्राएको थियो।

प्रकाशित मिति: : 2020-01-18 11:21:52

प्रतिकृया दिनुहोस्