कुटपिटबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ

गोरखा नगरपालिका–८ मा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही पालिका बस्ने ५९ वर्षीय गोपाल उपरकोटी रहेका छन्।  

सोही पालिका–६ पोखरी थोक बस्ने ५० वर्षीय रामबहादुर स्रिमल र उपरकोटीबीच एकआपसमा झगडा हुँदा बुधबार दिउँसो उनको मृत्यु भएको हो। 

कुटपिटबाट गम्भीर घाइते भएका उपरकोटीको सोही ठाउँस्थित एपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने   स्रिमललाई प्रहरीले पक्राउ गरेको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ। 
 

प्रकाशित मिति: : 2020-01-16 21:49:29

प्रतिकृया दिनुहोस्