त्रिभुवन विमानस्थलबाट २ किलो ९ सय ग्राम चरेशसहित एक जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ९ सय ग्राम सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ईलाम माङसेबुङ गाउँपालिका–१ घर भएका ४६ वर्षीय दिलेन्द्र योङहाङ रहेका छन्। 

बुधबार दिउँसो थाइ लाएन एयरको उडानद्वारा काठमाडौंबाट थाइल्याण्ड जान लागेका दिलेन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। 

बरामद पदार्थ सहित दिलेन्द्रलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विमानस्थल गौचरको जिम्मा लगाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2020-01-16 21:37:31

प्रतिकृया दिनुहोस्