शोभाकान्त ढकालको घरमा भएको बम विस्फोटको जिम्मा विप्लव नेतृत्वले लियो

ललिता निवासको ११५ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जाको घोषणा

ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ भएको बम विष्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले लिएको छ।

प्रहरीका अनुसार स्वयम्भु सानोभर्‍याङस्थित नागार्जुन –१ नर्सरी चोकमा रहेको ढकालको घरमा भएको विष्फोटको जिम्मा विप्लव समूहले लिएको हो।

विष्फोटबाट कुनै मानिवीय क्षति नभए पनि घरमा झ्यालका सीसा फुटेका थिए। साथै पार्किङ गरी राखिएको कारमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

विष्फोट भएको स्थानमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएका छन्। पर्चामा  ‘वालुवाटारस्थित ललिता निवास परिसरको करिब ११५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्चे प्रपञ्चको मुख्य योजनाकार भएकोले’ ढकालको घरमा सेवोटेज गरेको उल्लेख छ।

यसैबीच सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा आफूहरूले कब्जा गरेको घोषणा गरेको छ।

 

प्रकाशित मिति: : 2020-01-16 04:37:38

प्रतिकृया दिनुहोस्