पृथ्वीनारायण: भ्रम र यथार्थ

सांकेतिक तस्बिर

आज २९८औं पृथ्वी जयन्ती। २०४७ सालमा सक्रिय राजतन्त्र अन्त्य भई प्रजातन्त्र पुनस्र्थापना भएपछि पनि पृथ्वीनारायण शाहको योगदानलाई मान्यता दिँदै राष्ट्रिय एकता दिवसका रूपमा उनको जन्मजयन्ती मनाउने राजतन्त्रकालीन प्रचलनलाई निरन्तरता दिइएको थियो, उनलाई राजाका पुर्खाका रूपमा नभई राष्ट्र निर्माता एवं एकीकरणकर्ताका रूपमा।

नेपाल देश हुन्थ्यो कि हुन्थेन ?
तर गणतन्त्र आएपछिका शासकबाट पुस २७ को सार्वजनिक बिदा कटौती गर्नेदेखि राज्य तहबाटै पृथ्वीनारायणलाई ‘डिसओन’ गर्ने ढंगका अनेकन् प्रतिशोधात्मक कार्य सुरु गरिए। जातीय उन्मादी÷अतिवादी र ‘नयाँ नेपाल बनाउन पहिलेका सबै थोक भत्काउने’ भन्दै हिंस्रक विद्रोह गरेर सत्तामा आएको माओवादीलाई उनको सालिक तोड्दै हिँड्ने छुट दिइयो।

प्रकाशित मिति: : 2020-01-13 06:18:25

प्रतिकृया दिनुहोस्