धोनी क्रिजमा तीब्रगतिमा दौडिन माहिर मानिन्छन्। तर, २०१९ को विश्व कपको सेमिफाइनलमा उनी आफ्नो यही बलियो पक्षबाट चुके।
सन् २०१९ को विश्व कपमा भारतका पूर्वकप्तान एमएस धोनी न्युजिल्यान्डविरूद्ध सेमिफाइनलमा रन आउट भएका थिए। मार्टिन गप्टिलको सीधा थ्रोमा क्रिजभन्दा २ इन्ची नजिक रहेका धोनी रन आउट हुन पुगे। यो रन आउटको विषयमा अहिलेसम्म उनले केही बोलेका थिएनन्।
तर, अहिले आएर उनले पहिलो पल्ट बयान दिएका छन्। एक अन्तर्वार्ताका क्रममा उनले जीवनभरी आफूलाई यस कुराको खेद हुने बताए। उनले रन आउटबाट जोगिन डाइभ नलगाएकोमा आफूलाई पछुतो रहेको बताए। धोनीले आफ्नो १५ वर्ष लामो करिअरमा धेरै कम डाइभ गरेका छन्।
धोनी क्रिजमा तीब्रगतिमा दौडिन माहिर मानिन्छन्। तर, २०१९ को विश्व कपको सेमिफाइनलमा उनी आफ्नो यही बलियो पक्षबाट चुके।
इन्डिया टुडेको खेल पत्रकार बोरिया मजुमदारले धोनीसँग गरेको कुराकानीमा उनले भने, ‘म आफैसँग यो प्रश्न गरिरहेको हुन्छु कि मैले डाइभ किन गरिन्। म खाली दुई इन्चीले चुकेको विषयमा सोचिरहेको हुन्छु।’ धोनी सेमिफाइनलमा ५० रन बनाएर आउट भएका थिए। भारतको यति बेला विश्व कप जित्ने ठूलो सम्भावना थियो।
सन् २०१५ मा पनि अस्ट्रेलियाविरूद्ध धोनी सेमिफाइनलमै रन आउट भएका थिए। विश्व कप अगाडि आइपिएल २०१९ को फाइनलमा पनि मुम्बई इन्डियन्सविरूद्ध धोनी रन आउट हुन पुगेका थिए।