कहिले बन्ला बूढीगङ्गा नदीमा पुल?

 ९ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने सम्झौता

फाइल तस्बिर

बाजुरास्थित बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ। साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन भएको हो।

 ९ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भएता पनि अझैसम्म पुल सम्पन्न नभएको स्थानीयको भनाइ छ।

काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा विसं २०७३ असार ३० लिएको थियो। सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए।

नदीमा पानीको बहाव बढेका कारण पुल निर्माणकार्य गर्न समस्या भएको कम्पनीका प्रमुख जयदेव पन्तले बताए। ' विसं २०७७ असारसम्म पुलको सम्पूर्ण कार्य सम्पन्न गर्नेछौं।'

उक्त पुल निर्माण कार्यमा काम  गरेबापत रकम नपाएर कामदारको गुनासो रहेको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले जानकारी दिए। 'बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेबापतको रु ४१ लाख पाएका छैनन्।'

प्रकाशित मिति: : 2020-01-13 01:58:29

प्रतिकृया दिनुहोस्