मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो : पूर्वराष्ट्रपति यादव

मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताउदै उनले भने, 'जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ।'

फाइल तस्बिर

पूर्वराष्ट्रपति डा रामवरण यादवले तीन तहका सरकारबीचको समन्वयले मात्रै मुलुकको विकास सम्भव रहेको बताएका छन्। शनिबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रको समस्या सङ्घीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए।

'भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउनुपर्छ,' उनले भने, पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्दछ।'

मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताउदै उनले भने, 'जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ।'

विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाई छ।

प्रकाशित मिति: : 2020-01-12 06:10:51

प्रतिकृया दिनुहोस्