आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने महामन्त्री कोइरालाकाे दाबी

वर्तमान सरकारले जनताका लागि केहि नसकेको उनले आरोप छ।

फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरेका छन्। संचारकर्मीसंग कुरा गर्दै महामन्त्री कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताए।

पार्टीको सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर स्वयं चार वर्षसम्म चुप लागेको उनको भनाई छ। 'शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसे तर कुनै नयाँ योजना आएन,' उनले भने, अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ।'

अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको उनले खुलाए।आफ्नो पार्टीले अबका दिनहरुमा देशको उन्नतिबारे सोच्नुपर्ने बताउदै वर्तमान सरकारले जनताका लागि केहि नसकेको उनले आरोप छ।

'सरकारले केहि गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको छ,'उनले भने, कांग्रेसले जनताकाबारेमा सोच्नुपर्छ।'

प्रकाशित मिति: : 2020-01-12 05:33:47

प्रतिकृया दिनुहोस्