नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाह
पृथ्वीजयन्तीको अवसरमा झापाको दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले उक्त अवसरमा आइतबार सार्वजनिक बिदा दिएका हुन्।
हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो।
'सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ,' उनले भने, राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो।'
त्यस्तै, झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ। 'गाउँपालिकाको बैठकबाट निर्णय गरेर नै सो अवसरमा सार्वजनिक बिदा दिइएको हो' गाउँपालिका अध्यक्ष आलमले भने।