इरानले आफ्नो विमान खसाएको भन्दै युक्रेनले माग्यो क्षतिपूर्ति

युक्रेनी राष्ट्रपति जेलेंस्कीले भने, ‘हामी पुरै विषयमा छानवीन र क्षतिपूर्तिको माग गर्छो।’

इरानले युक्रेनी विमान मानवीय गल्तीका कारण क्षतिग्रस्त भएको स्विकार गरेपछि युक्रेनी राष्ट्रपतिले इरानसँग क्षतिपूर्ति माग गरेका छन्। 

८ जनवरीमा इरानको राजधानी तेहरानबाट उडेको युक्रेनी विमानलाई इरानले मिसाइल हानेर क्षतिग्रस्त पारेको थियो। यो घटनामा १ सय ७६ यात्रुले ज्यान गुमाएका थिए। 

अमेरिकाले यसअघि नै युक्रेनी विमानलाई इरानले खसाएको दावी गर्दै आइरहेको थियो। घटनाको तीन दिनपछि इरानले पनि अमेरिकी दावीलाई स्विकार गरेको हो। 

इरानी राष्ट्रपति हसन रुहानीले मानवीय गल्तीको कारण युक्रेनी विमानमा मिसाइल आक्रमण भएको बताएका थिए। 

युक्रेनी राष्ट्रपति जेलेंस्कीले भने, ‘हामी पुरै विषयमा छानवीन र क्षतिपूर्तिको माग गर्छो।’

युक्रेनी विमान खसेको विषयमा रुहानीले आन्तरिक छानवीनको आदेश दिएका थिए। 

यसअघि युक्रेनका विदेश मन्त्रीले विमान दूर्घटनाको विषयमा तत्कालै निस्कर्षमा पुग्नु भनेको हतारिनु हुने बताएका थिए।  युक्रेन अन्तर्राष्ट्रिय विमान बोइङ ७३७ उड्नै लाग्दा तेहरानको इमाम खुमैनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दूर्घटनाग्रस्त भएको थियो। विमानमा रहेका इरान, युक्रेन, अफगानिस्तान, क्यानडा, जर्मनी, स्विडेन र बेलायती नागरिकको निधन भएको थियो। 
 

प्रकाशित मिति: : 2020-01-12 04:33:41

प्रतिकृया दिनुहोस्