अमेरिकाले यसरी मारेको थियो, इरानी सेनाका कमाण्डर सुलेमानीलाई

अमेरिकी सेनाले सुलेमानीको गाडीमा गइरहेको दस्तालाई मानवरहित एयरक्राफ्ट एमक्यू–९ रिपरद्धारा हमला गरेको थियो।

इरानी सेनाका सर्वोच्च कमाण्डर कासिम सुलेमानीको हत्या आखिर कसरी सम्भव भयो? विगत एक सातादेखि यसको खोजी गरिरहेका पाठकका लागि न्यूयोर्क टाइम्सले एउटा लेख प्रकाशित गरेको छ। जसमा अमेरिकाले कसरी सुलेमानीको हत्याको योजना बनायो? स्पष्ट पार्न खोजिएको छ। 

सुलेमानीको हत्याका लागि स्थानको चयन गर्दा अमेरिकाले सर्वसाधारण र विमानस्थलमा कुनै किसिमको क्षति नपुगोस् भनेर सावधानी अपनाएको न्यूयोर्क टाइम्सले लेखेको छ। 

मानवरहित एयरक्राफ्टद्धारा मारिएका थिए, सुलेमानी

सुलेमानीको हत्याका लागि अमेरिकाले कुनै ठूलो युद्ध विमानको प्रयोग गरेको थिएन। सामान्य र अपत्यारिलो लाग्ने गरि सुलेमानीको हत्या भएको थियो। 

अमेरिकी सेनाले सुलेमानीको गाडीमा गइरहेको दस्तालाई मानवरहित एयरक्राफ्ट एमक्यू–९ रिपरद्धारा हमला गरेको थियो। यो एक प्रकारको ड्रोन हो। जसले ४ सय ८० किलोमिटरको रफ्तारमा उड्ने क्षमता राख्छ। यसको निशाना अचुक मानिन्छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार मध्यपूर्वमा अमेरिकाले यो समेत नौ पल्ट यसको प्रयोग गरेको हो। 

सुलेमानीलाई मार्न प्रयोग गरिएको ड्रोन अमेरिकी सेनाले रेकी र हवाई हमला गर्न प्रयोग गर्ने गरेको थियो। यसमा एउटा भिजुअल सेन्सर जोडिएको हुन्छ। जसको सहयोगले ड्रोनमा राखिएको मिसाइल सटिक ठाउँमा खसाउन प्रयोग गरिन्छ। 

सम्बन्धि ठाउँमै निशाना लाग्ने कारण वरिपरिको क्षेत्रमा कम क्षति पुग्छ। ड्रोनमा दुई जना बस्न मिल्छ। यो ४ हजार किलो भारी बोकेर उड्न सक्छ। यसको उडान क्षमता ५० हजार फिट माथिसम्म छ। यसैको सहयोगले दुईवटा गाडीमा दुई वटा मिसाइल झारिएको थियो। मिसाइल विमानस्थलको कार्गो टर्मिनल नजिकै झारिएको थियो। 

इराकमा अमेरिकी सैन्य हमलाको केही समयपछि नै शिया मिलिसियाले एउटा भिडियो शेयर गरेका थिए, जसमा कारको अवशेष चल्दै गरेको देखिएको थियो। जुन कारमा जर्नेल सुलेमानी बसेका थिए। भिडियोमा रगतले लतपतिएका सुलेमानीको हात देखिएको थियो। फोटोमा उनको मनपर्ने रातो औठी देखिएपछि उनी मारिएको पुष्टी भयो। 
 

प्रकाशित मिति: : 2020-01-12 02:40:07

प्रतिकृया दिनुहोस्