‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियामा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ।
वडाका बासिन्दाका घरघरमा शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले रु १५ करोडको लागतमा उक्त कार्य शुरु गरिएको हो। वडाध्यक्ष डम्बरबहादुर कार्कीका अनुसार चालु आवमा निर्माण कार्य पूरा हुने गरी आयोजनाको कार्य दु्रत गतिमा अगाडि बढाइएको छ।
'४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माणको कार्य अगाडि बढाइएको छ,' उनले भने, १ हजार १५० मिटर पाइपलाइन बिछ्याउने कार्य पूरा हुनका साथै खानेपानीका लागि बोरिङ गाड्ने कार्यसमेत पूरा भइसकेको छ।'
शुद्ध पानीको व्यवस्था नहुँदा वडाका बासिन्दा ह्यान्डपम्पको असुरक्षित पानीको प्रयोग गर्न बाध्य भएको वडाध्यक्ष कार्कीको भनाइ छ।