नेकपाबीचको एकतापछि मुलुक समृद्धिको बाटोमा : अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपाबीचको एकतापछि मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताएका छन्।

शनिबार धुम्रबराहस्थित पार्टी कार्यालयमा बोल्दै अध्यक्ष प्रचण्डले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरे।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उनले भने, 'नेकपा भित्र समय छँदै जतिसक्दो चाँडो प्रवेश गर्नुहोस, नत्र ढिला होला।'

कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको उनले बताए।

'साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो,'उनले भने,देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ।'

प्रकाशित मिति: : 2020-01-12 01:10:18

प्रतिकृया दिनुहोस्